फेसियल हाउसमा महिलाको गोप्य भिडियो बनाएपछि पक्राउ पुर्जी जारी, एमालेकी सुष्माको अपराध बचाउन कांग्रेसकी शशिको ग्याङ सक्रिय
काठमाडौं । चाबहिलको केएल टवारमा रहेको ‘फेसियल हाउस’मा व्यूटीसम्बन्धी सेवा लिन आएकी महिलाको गोप्य भिडियो बनाएको अभियोगमा जाहेरी परेपछि कारबाही गर्न महानगरीय प्रहरी वृत्त गौशालाले सुष्मा श्रेष्ठ (महरा/शाह)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सुष्माविरुद्ध ३/४ दिन अगाडि जिल्ला अदालत काठमाडौंबाट गौशाला प्रहरीले पक्राउ पुर्जी ल्याएको गौशालाका प्रहरी निरीक्षक सविन कार्कीले बताएका छन् । उनले भने, ‘केएल टावरमा रहेको फेसियल हाउसमा भएको घटनाका सम्बन्धमा जाहेरी आएको छ । त्यो घटनाका आरोपी सुष्मा श्रेष्ठ (महरा/शाह)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।’
प्रहरी निरीक्षक कार्कीले सुष्मालाई पक्राउ गर्न प्रहरी परिचालन भएको जनाएका छन् । उनले जाहेरी दिने महिलाका विषयमा गोपनीयताका कारण नाम भन्न नमिल्ने बताएका छन् । सृष्मा लेडी डनकाे उपाधिले चर्चित छिन ।
केएल टावरको फेसियल हाउसको महिलाले कपडा चेञ्ज (परिवर्तन) गर्ने कोठा (रुम)मा सुष्माले गोप्य सीसीटीभी राखेको अभियोग छ । पीडित महिलाले कपडा चेञ्ज गर्ने क्रममा क्यामरा देखेपछि डराएर चिच्याएकी थिइन् । अनि न्यायका लागि गौशाला प्रहरीमा पुगेकी हुन् ।
गौशाला प्रहरीका डीएसपी सन्दीपबाबु खड्काले सुष्मालाई पक्राउ गर्न रुचि देखाएका छैनन् । सुष्मा र डीएसपी खड्काबीच के तालमेल मिलेको छ थाहा छैन ? पक्राउ पुर्जी जारी भएको करीव १ हप्ता हुन लाग्दा पनि सुष्पमालाई डीएसपी खड्काले पक्राउ गरेका छैनन् ।
असार २८ गते सुष्मालाई प्रहरीले गौशालामा बोलाएर छलफल गराएको थियो । बिहान ११ बजे पीडित पक्ष आएको थियो । तर, सुष्मा दिउँसो १/२ बजे मात्रै फुर्तीफार्तीका साथ ढलक–ढलक गरेर आएकी थिइन् । त्यो दिन गौशाला प्रहरीका डीएसपी सन्दीपबाबु खड्काले सुष्माको पक्ष लिएर पीडित महिलालाई जबरजस्ती मिलापत्रको कागज गर्न बाध्य बनाएको आरोप छ ।
पीडित महिलालाई गौशाला प्रहरी र डीएसपी खड्काको हर्कत चित्त नबुझेपछि न्यायका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । पीडित भनेकि महिला सरकारी (अधिकृत) कर्मचारी पनि हुन्छ । सर्वसाधारण पनि पीडित हुन्छ, सरकारी कर्मचारी पनि पीडित हन्छ । न्याय लिने भनेको प्रहरी र न्यायिक निकायबाटै हो । न्यायमा चित्त बुझेन भने माथिल्लो निकायमा जाने अधिकारी सबैलाई छ ।
प्रहरी परिसर टेकुले जाहेरी लिएर राम्रोसँग पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न आदेश दिएपछि सोही जाहेरीका आधारमा सुष्माविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि सुष्मा फरार छिन् । लुकेर बसेकी छिन् ।
पक्राउ पुर्जी जारी भएपछि आफूविरुद्ध जाहेरी दिएकी महिलाको तस्बिरलाई सामाजिक सञ्जाल, यूट्युब र फेसियल हाउसको फेसबुक पेजमा राखेर सुष्माले चरित्र हत्या गरिरहेकी छिन् । सुष्मा आफू पनि महिला हुन् । उनले महिलाको गोपनीयतामा कुनै चिन्ता जनाएकी छैनिन् । सुष्माको अपराधलाई बचाउन नेपाली कांग्रेस निकटको ‘नेपाल व्यूटीसियन संघ’की महासचिव शशि शाह ज्यान फालेर लागेकी छिन् । सुष्मा पहिला माओवादी थिइन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा (यौन काण्डमा पक्राउ परेर जेलमा थुनामा बसेर उच्च अदालतबाट सफाइ पाएर छुटेका थिए)लाई बा भनेर सुष्माले सम्बोधन गर्थिन् । कृष्णबहादुर महराको आडमा सुष्माले धेरैलाई दु:ख दिएकी छिन् । त्यसपछि एमाले बनिन् । उनका अहिलेका पति एमालेको शुभेच्छुक संस्थाकै केन्द्रीय सदस्य छन् । सुष्मा भने आफ्नो अपराध लुकाउन कांग्रेस निकटको संस्थालाई मुर्गा बनाएर हिँडेकी छिन् ।
सुष्माका कर्तुतहरू निकै लामो छ । सुष्माले सामाजिक सञ्जाल र केही यूट्युवलाई प्रयाेग गरेर जथाभावी बोल्ने गरेकी छिन् । अहिले पनि सुष्माविरुद्ध जोहरी दिएकी महिलाको तस्बिरलाई यूट्युब र केही अनलाइनहरूले देखाएका छन् । पीडितको गोपनीयता बाहिर ल्याएको अभियोगमा कथित महासचिव शशि शाह र ती यूट्युबहरूलाई साइबर अपराधमा कारबाही हुन सक्छ ।
शशि शाह पनि महिला हुन् । शशिले किन पीडित महिलाको नाम भनिरहेकी छिन् ? उनीविरुद्ध प्रहरीमा उजुरी हाल्ने तयारी पीडित पक्षले गरिरहेको छ । एमाले समर्थक सुष्मा र उनको अपराधलाई बचाउने चक्करमा शशिका पनि दिनगन्ती शुरु भएका छन् ।
शशि शाह कांग्रेसको सिद्धान्त नबुझेर अराजक कम्युनिस्टलाई बोकेर बचाउन हिँडेकी छिन् । मन्त्रीहरूलाई भेट गराउन डुलाइरहेकी छिन् । एमालेको युवा संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेर उत्पात मच्चाइरहेका बेला सत्ता गठबन्धन निकटको संस्थाले त्यही एमालेकी कार्यकर्तालाई बचाउन दौडधुप गरिरहेको छ । सुष्मा र शशिको प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया