सय किलो तस्करी थाहा नपाउने स्टन्ट गृहमन्त्रीको पद असुरक्षित, आगोमा हातहाले, हण्डी खानेहरूलाई परिचालन
काठमाडौं । एक सय किलो सुन तस्करी हुँदा पनि सिंहदरबारमा उप्परखुट्टी लगाएर बसेका उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध युवा संघले प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेर युवा संघले काठमाडौंको नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ । श्रेष्ठले विमानस्थलबाट एक सय किलो सुन बाहिर आउँदा पनि थाहा पाएनन् । उनको सुरक्षा संयन्त्र र नेतृत्व के रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।
पछिल्लोपटक एक सय ५५ केजी तस्करीको सुन पक्राउसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करहरूले सरकारको सुरक्षाघेरा पार गरेर सुन तस्करी गरिरहेको तथ्य उद्घाटित हुँदा गृह प्रशासनको कमजोरी छताछुल्ल भएको संघको आरोप छ ।
संघले तस्करीको नैतिक जिम्मेवारी गृहमन्त्री श्रेष्ठले लिनुपर्ने, गहन छानबिनमार्फत दोषी भन्सार विभागसहितका उच्चअधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
संघका उपाध्यक्ष कृष्णहरि केसी र अमित लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा युवाहरूले विभिन्न नारा लगाएका थिए ।
अगाडि बढेको बालुवाटार जग्गा काण्डको फाइल पुन: खोल्न लगाएर तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र एमालेका नेताहरूको चरित्र हत्या हुने गरेर आदेश दिएर श्रेष्ठ विवादमा तानिएका थिए । तैपनि स्टन्ट मन्त्रीका रुपमा परिचित गृहमन्त्री श्रेष्ठले राम्रो काम गरेका हुन् कि भन्ने सबैलाई लागेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाटै एक सय किलो सुन बाहिर आएपछि गृहमन्त्री श्रेष्ठको नियममाथि प्रश्न उठेको छ ।
एक सय किलो सुनकाण्डमा गृहमन्त्री श्रेष्ठलाई पनि छानविनको दायरमा ल्याउन युवा संघका नेताहरूले प्रदर्शनका क्रममा माग गरेका छन् । सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा, तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर पुनका छोराहरूको नाम मिडियामा आइरहेको छ । तर, उनीहरूलाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले आदेश दिएका छैनन् ।
बरु आफ्नो विरुद्ध समाचार लेख्ने र सूचना बाहिर ल्याउने पत्रकारविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा उजुरी दिन लगाएर पत्रकारलाई थुन्ने योजना बनाएपछि विरोध भइरहेको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल लगायतले गृहमन्त्री श्रेष्ठको चर्तिकलाको विरोध गरिरहेका छन् । विज्ञप्ति जारी गरेर विरोध गरिरहेका छन् ।
सुन तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित एमाले निकट युवा संघले मसाल जुलुस प्रदर्शन गरेको जनाएको छ ।
मसाल जुलुस प्रदर्शनमा युवा संघका नेताहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन् ।
विमानस्थलबाट सुन तस्करी भइरहेको भन्दै नैतिकताको आधारमा राजीनामा माग गर्दै संघले गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गरेका छन् ।
चीन निकट मानिने गृहमन्त्री श्रेष्ठ केही दिन अगाडि चीन भ्रमण गरेर स्वदेश फिर्ता भएको केही दिनमै गृह मन्त्रालयको मातहतमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिएको छ । धन्न राजश्व अनुसन्धान विभागले हिम्मत गरेर एक सय किलो सुन बरामद गरेको छ । सुन काण्डमा चिनिया नागरिक पनि पक्राउ परेका छन् ।
सुन काण्डमा बबाल विरोध भएपछि गृहमन्त्री पद फुत्किने अवस्था सिर्जना भएपछि श्रेष्ठले नेपाली कांग्रेसले आफूलाई गृहमन्त्री पदबाट हटाउन दवाव दिएको भनेर आफू निकटका हण्डी खाने पत्रकारहरूलाई फेसबुकमा स्टाटस लेख्न लगाएका छन् । ती स्टाटस लेख्ने पत्रकारविरुद्ध साइबर क्राइमको अपराध लाग्छ कि लाग्दैन ? प्रश्न उठेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले फेसबुकमा स्टाटस लेखेका भरमा सीआईबीमा निवेदन दिएर साइबर अपराधमा पक्राउ गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठका हण्डी खानेहरूले कांग्रेसलाई जोडेर स्टास लेखेछन् ।
ती स्टाटस लेख्ने पत्रकारहरू चीन निकट मानिन्छन् । स्टन्ट मन्त्री श्रेष्ठलाई कसैले पनि हटाउँदैन । श्रेष्ठका हर्कत र एक सय किलो सुन विमानस्थलबाट छिरेको पनि चाल नपाउने कार्यले आफै गृहमन्त्री पदबाट अपदस्थ हुने चर्चा एमाले र कांग्रेसका नेताहरूले गरेका छन् । एक सय किलो सुन काण्डमा कांग्रेस र एमालेका नेताहरूको नाम जोडिएको छैन । माओवादीकै नेताहरूको नाम जोडिएको छ ।
यसैबीच, सुन तस्करी काण्डमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतल पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार थुनामा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।
मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।
बिहीबार अबेरसम्म पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिएका छन् ।
शुक्रबार म्याद थप गरिएका आरोपितहरूमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया