कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने कुरा फेरि पुष्टि गर्‍यो : प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरेर कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने प्रमाणित गरेको बताएकी छिन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कांग्रेस अरु पार्टीभन्दा फरक रहेको बताइन् ।

नेतृ गौतमले स्थानीय तह र संघीय चुनवामा कांग्रेसका उम्मेदवारलाई जिताउने हराउनेलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘उम्मेदवार जिताउन दिलोज्यान दिने र हराउन अँध्यारो कोठाबाट तानातान गर्नेलाई एकै ठाउँमा राखेर हेर्न सकिँदैन ।’

‘विज्ञप्तिको भरमा कसैलाई कारबाही कसैलाई फुकुवा कसरी भयो ?’, नेतृ गौतमले प्रश्न गरेकी छिन् । बैठकमा पेस भएको महामन्त्रीको प्रतिवेदनलाई कार्यान्वयन गर्न ध्यान दिनुपर्ने उनले बताएकी छिन् । भ्रातृ संस्थालाई साउन महिनाभित्र पूर्णता दिन केन्द्रीय सदस्य गौतमले आग्रह गरेकी छिन् ।

Published : Friday, 2023 July 21, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया