कांग्रेसको लाइभ बैठकको बामदेवद्वारा प्रशंसा, कम्युनिस्ट पार्टीका लागि चुनौती

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरिएकोमा प्रशंसा गर्दै कम्युनिस्ट पार्टीहरूलाई सिक्न आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा गौतमले कांग्रेसको लाइभ बैठक कम्युनिस्ट पार्टीका लागि चुनौती बनेको बताएका हुन् ।

उनले कांग्रेस कार्यसमिति बैठकको प्रशंसा गर्दै भनेका छन्, ‘कांग्रेसले केन्द्रीय कमिटी बैठक लाइभ गरेको छ । यो कम्युनिस्टलाई चुनौती हो ।’

‘कम्युनिस्ट पार्टीहरू हो त्यो बाटोमा हिँड्न सक्छौ कि सक्दैनौ ? अब भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति, दुराचार गर्नका निम्ति बाहेक गोप्य निर्णय गर्नुपर्ने अर्को कुनै विषय छैन’, गौतमले भनेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि सबै प्राप्त भयो’, उनले भने, ‘खुला गरेर कांग्रेसले धेरै राम्रो काम गरेको छ ।’
कांग्रेसले आधिकारिक फेसबुकमार्फत बैठकको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्ताव ‘मै हुँ भन्ने कथित युवा’ नेताहरूले रुचाएका छैनन् । मानिस उमेरले युवा वा वृद्ध हुँदैन । उसको विचार बलियो हुनुपर्छ ।

Published : Friday, 2023 July 21, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया