सरकारद्वारा सचिवहरूको सरुवा
काठमाडौं । सरकारले ८ जना सचिवहरूको सरुवा गरेको छ । २ जना सचिवलाई पदस्थापन गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा र पदस्थापनको निर्णय गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उप–राष्ट्रपति कार्यालय पठाइएको छ ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
खेलकुद मन्त्रालयका सूर्य गौतमलाई निर्वाचन आयोगमा सरुवा भएको छ ।
निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
उप–राष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालयअन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।
कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।
बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बाग्मती प्रदेश र लक्ष्मी बस्नेतको गण्डकी प्रदेशमा सरुवा भएको छ ।
कानून मन्त्रालयका सचिव धनराज ज्ञवालीले उमेरहदका कारण अवकाश पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया