शंकर पोखरेलको क्याबिनेटका मन्त्री तथा एमाले नेताले ४ लाख भ्याइदिए
काठमाडौं । बैंकिङ कसूरमा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता विजय यादवले वनरक्षक बनाइदिने भन्दै रकम लिएको खुलासा भएको छ ।
एमालेका नेता यादवले एक युवकसँग चार लाख रुपियाँ घुस मागेको आरोप लागेको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका वेला यादवले दाङको दंगीशरण गाउँपालिका– ४ मिरौलीका ३७ वर्षीय हेतराम चौधरीसँग चार लाख रुपियाँ असुलेको आरोप छ ।
एमालेका नेता यादवले हेतराम चौधरीका २५ वर्षीय भाइ कृष्ण चौधरीलाई वनरक्षक बनाइदिने आश्वासन दिएपछि उनले रकम दिएको बताएका छन् ।
नेता यादवको खातामा साढे दुई लाख बढी रकम पठाएको भौचर हेतरामसँग सुरक्षित छ । बाँकी डेढ लाख भने बुटवलस्थित मन्त्रीनिवासमा बुझाएको उनको भनाइ छ ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले यादवलाई मन्त्री नियुक्त गरेका थिए । तत्कालीन अवस्थामा यादव प्रदेश सांसद थिएनन् । निर्णयविपरीत कार्य गरेकाले जसपाले कारबाही गरेपछि यादवको सांसद पद गएको थियो ।
मुख्यमन्त्री पोखरेलले यादवलाई १९ वैशाख ०७८ मा मन्त्री नियुक्त गरेका थिए । त्यसको तीन महिनापछि प्रदेश लोकसेवा आयोगले एक सय ६ जना वनरक्षकको विज्ञापन खोलेको थियो । त्यही पदमा चौधरीलाई जागिर लगाइदिने नाममा तत्कालीन मन्त्री यादवले घुस लिएका थिए । यो विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आएनन् ।
यादव ३१ असारमा बैकिङ कसुरमा बाँकेबाट पक्राउ परेका थिए । रुपन्देहीको सियारी गाउँपालिका– १ का उमाशंकर यादवको १२ लाख २८ हजार रुपियाँ फिर्ता नदिएको र दिएको चेकसमेत नसाटिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । सोहीबराबरको रकम फिर्ता गरेपछि यादव मंगलबार नै रिहा भइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया