एक सय किलो सुन तस्करीमा गृहमन्त्री श्रेष्ठकै संलग्नता रहेको सांसदको आरोप

काठमाडौं । राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सुनकाण्डमा मुछिएको बताए ।

सांसद भट्टराईले सुन काण्डमा ठूलाहरूनै संलग्न रहेकाले निष्पक्ष छानबिन हुने विश्वाससमेत आफूहरूलाई नभएको बताए । उनले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेकोसमेत बताए ।

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्ने क्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए ।

Published : Friday, 2023 July 21, 12:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया