सभापतिको आज्ञा मान्न तयार छौँ, कांग्रेसका दोस्रो तहका केही नेताको सिण्डिकेट मान्दैनौँ : बुढा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले महामन्त्री गगनकुमार थापाको कार्यपत्रमा सुधार गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता बुढाले भने, ‘महामन्त्रीको कार्यपत्रमा धेरै कुरा आएको छ ।
एउटा, दुइटा कुरा संशोधन गर्नुपर्ने कुरा मैले भन्ने खोजेको थिएँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीले भनेको हुनाले म त्यो कुरा दोहोर्याउन चाहँदैन ।’
उनले भने, ‘नेपाली कांग्रेस रह्यो भने हामी जीवन्त रहन सक्छौँ । कांग्रेस जीवन्त रहेन भने हामी कोही पनि रहन सक्दैनौँ ।’
‘हामीले पार्टीको कुरा गर्दा । पार्टीलाई जीवन्त राख्नको लागि केही व्यक्तिहरूको मनोपोलीलाई मान्नको लागि राणा शासन फालेको हो ? पञ्चायती व्यवस्था फालेको हो ?’, उनले भने, ‘अहिले पनि कांग्रेसभित्र जीवन्त छ तानाशाही । मनोपोली भइरहेको छ । यस्तै प्रक्रियाले संगठन हुन्छ ?’
उनले भने, ‘अहिले नेपाली कांग्रेस बहुमतसहितको ठूलो पार्टी हुने थियो । केही केन्द्रीय नेताहरूका कारण हामी खुम्चिन पुगेका छौँ ।’
‘केन्द्रको भागबण्डामा लडेर कहिँ चुनाव जितिन्छ ?’, उनले भने, ‘केन्द्रको नेताले भोट दिने हो ? जनताले दिने भोटमा नेताले यो तेरो र मरो भनेर भाग लगाएको अवस्था छ ।’
उनले भने, ‘सभापतिको आज्ञा २४सैँ घण्टा मान्न तयार छौँ । केही १/२ जना व्यक्तिको कारणले पार्टीलाई सिण्डिकेट बनाएको अवस्था छ ।’
नेता बुढाले केही दोस्रो तहका नेताहरूले पार्टीभित्र सिण्डिकेट लागू गरेको बताएका छन् । ‘आफ्नै बलबुतामा उभिएको व्यक्तिले यस्ता सिण्डिकेट कोही माइकालालले मान्नेवाला छैन’, बुढाले भने ।
नेता बुढाले केन्द्रीय कार्यसमितिको बैठकलाई प्रत्यक्ष प्रशारण गरेको कुरा ठीक नलागेको बताएका छन् । उनले घरभित्रको तितामीठा कुरा घरभित्रै राख्नुपर्ने बताएका छन् ।
उनले महामन्त्रीको प्रतिवेदनमा चाहिएको कुरा नरहेको बताए । जनतामा जाँदा उनीहरूलाई दिने कुरा नरहेको भन्दै नेता बुढाले महामन्त्री थापाले ०८४ को चुनावलाई मात्रै मिशन बनाएको कुराको विरोध गरेका छन् । उनले ०८४ मा चुनाव लड्न अरु पनि तयार भएर आउने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया