नैनसिंह महरको प्रश्न, ‘जिल्ला सभापतिहरूको भेलामा सभापति देउवालाई किन बोलाइएन ?’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सभापतिलाई बाहिर राखे जिल्ला सभापतिहरूको भेला राखिएकोमा विरोध गरेका छन् ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता महरले विगतमा सभापतिको उपस्थितिमा जिल्ला सभापतिहरूको भेला भएको बताए ।
उनले भने, ‘गिरिजाबाबु, सुशील कोइरालाहरूको उपस्थितिमा जिल्ला सभापतिहरूको भेला हुने गरेको थियो । यस पटक जिल्ला सभापतिहरूको भेलामा सभापतिलाई बाइपास गरियो ।’
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई जानकारी नै नदिएर जिल्ला सभापतिहरूको भेला गरेका थिए ।
सभापतिहरूको भेला बोलाइसकेपछि महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवालाई जानकारी गराएर औपचारिकता मात्रै पूरा गरेका थिए ।
उनले कार्यसम्पादन समितिमा रहेका नेताहरूलाई विभागको प्रमुख नबनाउन सुझाव दिएका छन् । केन्द्रीय सदस्य महरले टिकट वितरण गर्ने संसदीय बोर्डमा बसेका सदस्यहरूले निर्वाचनमा भएको जितहारको जस लिनुपर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया