कांग्रेस सभापति बानियाँद्वारा ललितपुरमा आश्रमलाई खाद्यान्न हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रम ललितपुर शाखालाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

सोमबार आश्रमको कार्यालयमा पुगेर सभापति बानियाँका साथै कांग्रेसका नेता तथा बागमती प्रदेश सभाका सांसद मीनकृष्ण महर्जनले खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

सभापति बानियाँले आश्रमलाई उपलब्ध गराइएको खाद्यान्न सानो परिणाममा रहे पनि त्यसले समाजिक कार्यमा ठूलो महत्व राख्ने बताए ।

सभापति बानियाँ र प्रदेश सांसद महर्जन कांग्रेसका नेता मात्रै होइनन् । उनीहरूले विगतमा भूकम्प, कोरोनाका बेला सहयोग र उद्धारमा आफूलाई केन्द्रित बनाएका थिए ।

साउन महिनाको पहिलो सोमबार माहादेवको पूजाको अवसरमा आश्रमलाई खाद्यान्न उपलब्ध गराइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश भ्रातृ संस्था समन्वय विभागीय प्रमुख प्रज्वल दवाडी, समाजसेवी शेरबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 July 18, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया