बालेनले तोकिदिए पार्किङको शुल्क, धेरै उठाए कारबाही
काठमाडौ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रले सञ्चालन गरेका पार्किङहरूले शुल्क निर्धारण गरिदिएको छ ।
काठमाडौं महानगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाउन नपाउने चेतावनी दिएको छ । आफू खुसी शुल्क उठाउँदै आएका निजी पार्किङलाई महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले नियमभित्र ल्याएका छन् ।
महानगरपालिकाले टेन्डरमार्फत दिएका पार्किङ क्षेत्रमा लाग्ने शुल्क तोकिए पनि निजी पार्किङका लागि तोकिएको थिएन ।
महानगरका राजस्व विभाग प्रमुख ध्रुब काफ्लेले निजी क्षेत्रले उठाउने पार्किङ शुल्क तोकिएको बताएका छन् । तोकिए भन्दा धेरै शुल्क उठाएमा कारबाही गर्ने काफ्लेले चेतावनी दिएका छन् ।
दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपियाँ लाग्नेछ भने १ घण्टाका लागि २५ रुपियाँ शुल्क तोकिएको छ ।
एक घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपियाँ थप शुल्क लाग्ने व्यवस्था महानगरले गरेको छ ।
चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपियाँ र १ घण्टासम्मको ७५ रुपियाँ शुल्क तोकिएको छ । त्यसभन्दा धेरै पार्किङ गर्नेको हरेक १५ मिनेटको १५ रुपियाँ शुल्क थप हुँदै जानेछ ।
काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहले आर्थिक ऐनको प्रावधानअनुरुप काठमाडौं महानगरभित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्था)हरूले सेवाग्राहीलाई नि:शुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने जानकारी दिएका छन् ।
ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ ।
सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ । सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिने पनि ऐनमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया