चीनले जस्तो मिटर व्याजमा होइन, भारतले अनुदानमा बनाइदिएको रेल, जनताले पाए सुविधा

काठमाडौं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको सञ्चालनमा आएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित विशेष समारोहका बीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेका हुन् ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेश प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो ।

गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो ।

कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरू रहेका छन् ।

कूल भारु ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ ।

जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागिहालजग्गा अधिग्रहणको कामभइरहेको छ ।


मन्त्री ज्वालाले रेल क्षेत्रसहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरेका छन् । उनले रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताए ।

नियोग उप–प्रमुख वास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीचका विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्घ रहेको बताए ।

परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ ।

परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाहरूकैै एक भाग रहेको नेपालका लागि भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यसले भारत र नेपालबीचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ, जुन भारत सरकारको छिमेकी पहिलो नीतिको महत्वपूर्ण अंश रहेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा चीनले दिएको ऋण निकै महँगो छ । चीनले मिटरव्याजमा ऋण दिएको भनेर विरोध हुँदै आएको छ ।

Published : Sunday, 2023 July 16, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया