धादिङमा ढकालको घरमा प्रहरी छापा, तास र पैसाहित ७ जना पक्राउ

काठमाडौं । धादिङ जिल्लामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको जनाएको छ ।

निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने डङकबहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेर सात जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ढकाल समेत ७ जनालाई शनिबार राति पक्राउ गरेको जनाएको छ । ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले नगद ५८ हजार ६ सय ७० रूपियाँ नगर र ३ बुक बरामद गरेको छ ।

Published : Sunday, 2023 July 16, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया