एयर होस्टेजका लागि आवेदन माग
काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ ।
निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका रिक्त ३० पदका लागि दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।
निगमले आइतबार सूचना प्रकाशित गरेको छ । प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
योग्य नेपाली नागरिकले १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

Published : Sunday, 2023 July 16, 12:57 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया