आफू हारे पनि कांग्रेस नेता शाहले शिवराजका जनतालाई एम्बुलेन्स ल्याइदिए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहको पहलमा शिवराज नगरपालिकाले एम्बुलेन्स पाएको छ ।

कपिलवस्तु क्षेत्र नं. ३ का तत्कालीन सांसद शाहको अनुरोधमा नेपालका लागि भारतीय राजदूतावासले शिवराज नगरपालिकालाई एम्बुलेन्स दिएको हो । एम्बुलेन्सले शिवराज नगरपालिकाका जनतालाई सानो भएपनि राहत हुने अपेक्षा आफूले लिएको कांग्रेस नेता शाहले बताएका छन् ।

भारतीय राजदूतावासले गत २६ जनवरीमा एम्बुलेन्स दिने घोषणा गरेको थियो ।

सोही घोषणाअनुसार भारतीय राजदूतावास लैनचौरले आइतबार बिहान शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाहले प्रतिनिधि सभाको गत निर्वाचनमा आफू पराजित भए पनि कपिलवस्तु क्षेत्र नं. ३ का जनताको लागि सेवामा सधै सक्रिय रहने बताएका छन् ।

नेता शाहले भने, ‘निर्वाचन भनेको प्राविधिक विषय हो । कहिले जित हुन्छ । कहिले हार हुन्छ । हार भयो भन्दैमा जनताको सेवा गर्नु हुँदैन भन्ने मान्यता मनभित्र राख्नु हुँदैन । सक्ने सहयोग र पहलहरू गर्नुपर्छ ।’

Published : Sunday, 2023 July 16, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया