घरभित्र सुतेका जगरनाथको हत्या, अपराधी पत्ता लगाउन कुकुर परिचालन
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकामा धारिलो हतियार प्रहार गरी ४० वर्षीय जगरनाथ साह कानुको हत्या भएको छ ।
बिहीबार राति आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही– ६ कर्कच कर्मैयाका ब्रह्मदेव साहको छोरा जगरनाथको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख ईन्स्पेक्टर गोविन्दकुमार साहले जगरनाथ साह कानुको अपरिचित समूहले हत्या गरेको बताए । हत्या गर्ने समूहको खोजी भइरहेको उनले बताएका छन् ।
घटनापछि मृतक जगरनाथ साह कानुको श्रीमतीले थाहा पाएपछि शुक्रबार बिहान दुई बजेर १५ मिनेटमा खबर गर्नासाथ प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाबारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठीक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको ईन्स्पेक्टर साहले बताए ।
प्रहरीले हत्याको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया