नयाँ भर्ना गर्न सशस्त्र प्रहरीमा ९३२ जनाका लागि आवेदन माग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ९३२ जना सशस्त्र प्रहरी जवान पदका लागि आवदेन आह्वान गरेको छ ।

सशस्त्र प्रहरीकोनया मानवश्रोत निर्देशनालयले भर्नासम्बन्धी सूचना जारी गरेर स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

खुलातर्फ ५०२, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १९, महिलाका लागि ८२, आदिवासी जनजातीका लागि १३२, मधेशीका लागि ११५, दलितका लागि ६२ र पिछडा क्षेत्रका लागि २० गरि ९३१ पदमा आवेदन माग गरिएको छ ।

रिक्त रहेको साधारण समूह, साधारण उप–समूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

आगामी साउन २८ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्‍याएको निवेदन पेस नहुने सूचनामा उल्लेख छ ।

Published : Friday, 2023 July 14, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया