दाङलाई डेंगु प्रभावित सूचीमा राख्न कांग्रेस सांसद देवकोटाको माग
काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरेर नियन्त्रणका लागि पहल गर्न माग गरेकी छिन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गरेकी हुन् ।
उनले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरिन् ।
‘दाङ जिल्लामा डेंगु रोग छ’, उनले भनेकी छिन्, ‘दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरू समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’
Published : Friday, 2023 July 14, 8:07 am
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया