कांग्रेसबाट रून्टीगढी- ४ मा निर्वाचित वडाध्यक्ष पुनको घोराहीमा मृत्यु
काठमाडौं । रोल्पा जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित ४० वर्षीय टंकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको छ ।
रून्टीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पुनको स्क्रब टाइफसका कारण मृत्यु भएको छ ।
वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताएका छन् ।
पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए । सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो । राति गाह्रो भएपछि पुन २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए ।
स्क्रब टाइफस रोगको लक्षण देखिएपछि वडाध्यक्ष पुनलाई नर्मल वार्ड हुँदै आइसियु र अन्त्यमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरिएको भनेर प्रतिष्ठान प्रशासनले आफूलाई जानकारी दिएको गाउँपालिकाका अध्यक्ष पुनले बताएका छन् ।
स्क्रब टाइफस ओरिन्सिया सुसुगामासी नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा चिगर माइट किर्नोले सार्ने गर्दछ ।
डेंगीले जस्तै गरी सेतो रगत (प्लेटलेट्स) ह्वात्तै घट्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने जस्ता खतरा हुन सक्ने हुँदा बिरामीको मृत्यु हुनसक्ने डा. किशोर खत्रीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया