पत्नीले उजुरी दिएपछि वडाध्यक्ष पक्राउ

काठमाडौं । महोत्तरीमा प्रहरीले वडाध्यक्ष गणेश महतोलाई बहुविवाह काण्डमा पक्राउ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष महतोलाई बहुविवाहको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताएका छन् ।

जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको छ ।

वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Published : Wednesday, 2023 July 12, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया