प्रचण्ड मातहतको विभागले व्यापारी तर्सान थालेपछि कांग्रेस नेता खतिवडाद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार ट्वीट गर्दै सांसद खतिवडाले विभागले अनाहकमा व्यापारीहरूलाई तर्साउने कार्य गरेको आरोप लगाएका छन् ।
खतिवडाले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट विभिन्न व्यापारीलाई अनाहकमा तर्साउने काम भएको समाचार आउन थालेका छन् ।’
‘संविधानअनुसार देश र नियम, कानून अनुसार शासन चलोस्’, कांग्रेस नेता खतिवडाले चेतावनी शैलीमा भनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष रुपमा चलाउँदै आएका छन् ।
प्रधानमन्त्री दाहालले विभागलाई नियम र कानूनअनुसार चलाउनुपर्ने खतिवडाको सुझाव छ । व्यापारीहरूलाई तर्साएर कमाइखाने भाँडो नबनाउन विभागका सरोकारवालाहरूलाई चेतावनी दिएका छन् ।
विभागको महानिर्देशक तारानाथ अधिकारी छन् । अधिकारीले पनि व्यापारीलाई तर्साउने कार्य गर्न नहुने खतिवडाले उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गतिलो काम गरेको छैन भनेर आलोचना भइरहेका बेला कांग्रेसका सांसद खतिवडाले पनि आलोचना गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया