अन्तर्घातको आरोप लागेका अर्थात ‘घण्टी कांग्रेस’को गुटगत हर्कत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध तल्लोस्तरका अभिव्यक्तिहरू दिइरहेका बेला अन्तर्घातको आरोप लागेको समूह ‘कांग्रेस रूपान्तरण अभियान’ अर्थात घण्टी कांग्रेसले आफ्ना गुटगत हर्कत गरिरहेको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा घण्टी कांग्रेसको आरोप लागेकाहरूको समूहको भेला र बैठक निरन्तर भइरहेको छ ।

भेलामा सभापति देउवासहितका आफूलाई मन नपरेका नेताहरूविरुद्ध विभिन्न लाञ्छना लगाएर गालीगलौज गरिएको एक नेताले बताएका छन् । भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूको अभियानलाई मान्यता नदिएको भनेर बोल्ने नेताहरूले आक्रोश समेत पोखेका छन् ।

केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद मुक्ताकुमारी यादव, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्ण, विमला नेपाली, रीता शाही, नेपाल तरुण दलबाट अपदस्थ गरिएका भुपेन्द्रजंग शाही, सुवास पोखरेल, सूर्य ढकाललगायतका ‘घण्टी कांग्रेस’को सहभागिता रहेको थियो ।

सात प्रदेशमा घण्टी कांग्रेसको आरोप लागेको समूहले रूपान्तरण भेला गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई मान्यता नदिएको जनाएको छ ।

नेतृत्वको कार्यशैलीलाई लिएर उनीहरूले कांग्रेस नेतृत्वप्रति आक्रोश पोखेका छन् । उनीहरू कार्यशैली सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

आफूहरूको गुटगत मागलाई सम्बोधन केन्द्रीय कार्यसमितिले नगरेमा विशेष महाधिवेशनको माग गर्ने चेतावनी समेत घण्टी कांग्रेसले दिएको छ ।

घण्टी कांग्रेसका सदस्यहरूले ‘कांग्रेस रूपान्तरण अभियान’को नाममा सभापति देउवाविरुद्ध गालीगलौज गरेर गुटगत भेला गर्दै हिँडेको छ । उनीहरूको गतिविधिले कांग्रेसलाई फाइदा पुगेको छैन । कांग्रेसलाई नोक्सानी भइरहेको आरोप छ ।

‘कांग्रेस रूपान्तरण अभियान’को समूहमा आबद्ध भएकाहरू अधिकांशलाई अन्तर्घात गरेको भनेर कारबाहीको सिफारिस भएका छन् ।

Published : Tuesday, 2023 July 11, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया