स्वास्थ्यमन्त्री बस्नेतले छोटो समयमा के–के काम गरे ? कांग्रेसको नाम राखे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले उपलब्धि सार्वजनिक गरेका हुन् । बस्नेतले दुई महिनाको अवधिमा ३५२३ जनरल वार्ड नि:शुल्क गरेको जनाएका छन् ।
उनले १६ वर्षदेखि नीगित बहसमा रहेको राष्ट्रिय स्वासथ्य वित्त रणनीति (२०८०—२०९०) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८०—२०८७/८८) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गरेको लगायतका कुरा आफूले गरेका काम कारवाहीको सूचीमा समेटेका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सुरुवात तथा संचालन कार्यवित्री स्वीकृत गरेको, पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको, बेलायत, कतार, रुस र स्वीजरल्याण्डका राजदूतसँग भेटेर स्वास्थ्य सहयोगका विषयमा छलफल भएको पनि उनले आफ्ना काम कारवाहीमा उल्लेख गरेका छन् ।
मन्त्री बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् ।
उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए ।
उनले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचर गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने बताएका छन् ।
‘यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरु धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नु भएको छ’, उनले भने, ‘राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौँ ।’
उनले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवा सहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ/सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत बताए ।
उनले नेता बिरामी पर्ने बित्तिकै इयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको बताए । मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका तीन हजार पाँच सय २३ सामान्य शैय्या विपन्नका लागि नि:शुल्क गरिएको जानकारी गराए ।
उनले कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालबाट सात सय शैय्या विपन्नका लागि नि:शुल्क गराएको बताए ।
अहिले नि:शुल्क सामान्य शय्या कोशी अस्पताल, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललगायत १६ केन्द्रीय अस्पताल र प्रतिष्ठानमा गरिएको छ । उनले निजी अस्पतालले पनि गरिबी विपन्नका लागि १० प्रतिशत शैय्या नि:शुल्क पर्ने नियमलाई कडाइ गर्दै लगिएको बताएका छन् ।
सबै सरकारी अस्पताल सामान्य शैय्या नि:शुल्क गरिएपछि र निजी अस्पतालले पनि १० प्रतिशत शय्यामा विपन्नलाई उपचार नि:शुल्क दिने भएपछि गरिब, विपन्नको उपचारको धेरैजसो समस्या समाधान हुने मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले वित्त रणनीति र स्वास्थ्य क्षेत्र रणनीति पारित गरेर स्वास्थ्य क्षेत्रका सुधारका काम भइरहेको बताए । उनले अस्पतालको उपकरण खरिद प्रक्रियामा हुने अनियमितता रोक्न विज्ञ समूह गठन गरी काम भइरहेको जानकारी दिए । उनले क्यालेन्डर बनाएर स्वास्थ्य क्षेत्रमा योगदान गरेका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।
नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका बस्नेतले छोटो समयमा निकैराम्रो काम गरेका छन् ।




बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया