किशोरी करणी गर्ने बुद्धशान्तिका धनकुमार पक्राउ

काठमाडौं । झापा जिल्लामा १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३१ वर्षीय धनकुमार लिम्बूलाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने लिम्बूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडि बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले लिम्बूलाई पक्राउ गरेको छ ।

Published : Monday, 2023 July 10, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया