प्रधानमन्त्रीको राजीनामा माग्दै पछि हटेको एमालेले परिपक्व राजनीति गर्न सकेन : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन् ।

आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले एमालेलाई सत्तामा जान निकै आतुर भएको बताए । उनले बारम्बार प्रधानमन्त्रीको राजीनामा माग्दै पछि हटेको एमालेले परिपक्व राजनीति नगरेको बताएका छन् ।

उनले भने, ‘एमाले सत्तामा जान नपाएर छट्पटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ ।’

‘कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ । फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ, फेरि थचक्क बस्छ’, खतिवडाले भने, ‘अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने वेला भइसकेको छ ।’

‘त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।

Published : Sunday, 2023 July 9, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया