अष्ट्रेलियाको एडिलेडमा अपहरणपछि जस्मिनको हत्या

काठमाडौं । अष्ट्रेलियामा २१ वर्षीय भारतीय युवती जास्मिन कौरले विवाह गर्न अस्वीकार गर्दा हत्या भएको छ ।

कौर अष्ट्रेलियाको एडिलेड शहरमा बस्दै आएकी थिइन् । अभियुक्त तारिकजोत सिंहले कौरलाई ५ मार्च २०२१ मा काम गरिरहेको स्थानबाट अपहरण गरेका थिए । सिंहले कौरको हात खुट्टा तारले बाँधेर कारको ट्रंकमा राखेर ६४३ किलोमिटर टाढा रिमोट फ्लिन्डर्स रेन्जमा लगेको स्थानीय प्रहरीले जनाएको छ ।

त्यसपछि सिंहले कौरलाई घाँटी रेटेर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । सिंहले कौरको शवलाई जमिनमा गाडेको अवस्थामा फेला पारिएको छ ।

कौरको हत्यामा संलग्न सिंह पूर्वप्रेमी रहेको अनुसन्धानका क्रममा खुलेको छ । सिंहले कौरलाई दुर्व्यवहार गर्दै आएका थिए ।

बुधबार अष्ट्रेलियाको अदालतमा भएको सुनुवाइका क्रममा सिंहले कौरको हत्या गरेको र हत्यााको कारणहरू बाहिर आएका हुन् । अदालतले सिंहलाई आजीवन कारावासको सजाय सुनाएको छ । अक्सिजनको कमीका कारण ६ मार्चमा कौरको मृत्यु भएको थियो ।

गत वर्ष जस्मिनका बुवाआमाले छोरी बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । कौरकी आमाले ती सिंहमाथि छोरीलाई अपहरण र हत्या गरेको आरोप लगाएकी थिइन् । प्रारम्भीक अनुसन्धानमा सिंहले कौरको हत्या गरेको अस्वीकार गरेका थिए ।

प्रहरीसमक्ष बयानमा सिंहले शुरुमा कौरले आत्महत्या गरेको र शव मात्रै गाडेको बताएका थिए । गत फेब्रुअरीमा भएको सुनुवाइमा सिंहले हत्या गरेको स्वीकार गरेका छन् ।

सिंहले कौरको सामान र शवलाई गाडेको ठाउँबारे प्रहरीलाई जानकारी दिएका थिए । हत्यामा अदालतबाट सजाय पाएका अपराधी सिंहलाई जेलमा पठाइएको छ ।

Published : Saturday, 2023 July 8, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया