कालीखोलामा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकफेरि अवरुद्ध भएको छ ।
शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालीखोला पुल नजिकै सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
सडक खुलाउन प्रयास भइरहेको छ । दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिएका छन् ।
पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताएका छन् । सडक अबरुद्ध हुँदा दुबैतर्फ सवारी साधनको लामो जाम भएको छ ।
Published : Saturday, 2023 July 8, 8:01 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया