सात महिनाभित्रै मोहन बस्नेतले पाँचपोखरी-मेलम्ची क्षेत्रमा खुसी ल्याइदिए, विकास विरोधी एमालेले पनि सुविधा पायो
मेलम्ची । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारस्थित ईन्द्रावती खोलामा बेलिबृजको उद्घाटन गरेका छन् ।
शुक्रबार मेलम्ची बजारस्थित ईन्द्रावती खोला किनारमा आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले बेलिबृजको उद्घाटन गरेका हुन् ।
प्रतिनिधि सभाको निर्वाचनका बेला मन्त्री बस्नेतले पहिलो प्राथमिकतामा राखेर ईन्द्रावती खोलाको बेलिवृज निर्माण गरेर जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेतले ७ महिनाभित्र ईन्द्रावती खोलामा पुल बनाएर देखाइदिएका छन् ।
मन्त्री बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ को विकासमा बजेट उल्लेख्य रुपमा ल्याएको बताएका छन् । उनले आफूले बोलेका कुराहरू क्रमश: पूरा हुँदै जाने र त्यसमा जनताको साथ आफूलाई आवश्यक पर्ने बताएका छन् ।
सिन्धुपाल्चोक २ का जनताको मतले गर्दा मन्त्री बनेर देशभरिको स्वास्थ्य सुधारमा काम गर्न पाएको बताएका छन् । उनले केही हप्ताभित्रै संघीय अस्पतालहरूमा जनताले नि:शुल्क स्वास्थ्य सेवा पाउने बताएका छन् ।
बेलिवृजलाई नेपाली सेनाले बनाइदिएको हो । उद्घाटन कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको पनि उपस्थिति रहेको थियो ।
२०७८ श्रावणमा परेको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र सदरमुकाम चौतारा जोड्ने १०४ मिटर लामो कम्पोजिट वृज बगाएको थियो । सो ईलाकामा बसोवास गर्ने स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाई भएको थियो ।
२०८० सालको जेठ २१ गते नेपाली सेनालाई जिम्मेवारी प्राप्त भए अनुरुप सो स्थानमा बेलीवृज निर्माण गरिएको हो ।
नवनिर्मित बेलीवृजको लम्बाई ६७.७० मिटर, चौडाइँ ४.२ मिटर रहेको छ । बेलिवृजको अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।
बेलिवृज उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभाका सभासद कृष्णकुमार तामाङ्ग, पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य विष्णुविक्रम थापा, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश क्षितिज, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) बालनरसिंह राणालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, जिल्लास्थित सरकारी निकायका प्रमुख, प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको ठूलो उपस्थिति रहेको थियो ।
मेलम्ची बजारस्थित ईन्द्रावती खोलाको पुल बाढीले बगाएपछि बेलिवृज बनाउन दुई वर्ष अगाडि नै नेता बस्नेतको पहल र आग्रहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न आदेश दिएका थिए । तर, एमालेका नेता तथा तत्कालीन सांसद शेरबहादुर तामाङले बेलिवृज बनाउन नदिएर विरोध गरेका थिए । बेलिवृज बनेपछि विकाश विरोधी एमालेका नेताहरू पनि सो बेलिवृज भएर सुविधा लिनेछन् ।













बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया