पोखरामा तेस्रो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । पोखरामा तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सह–आयोजनामा प्रतियोगिता हुनेछ । गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक घमबहादुर थापाले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको जनाएका छन् ।

संयोजक थापाले शनिबार प्रतियोगिताको उद्घाटन हुने बताए । उनका अनुसार शनिबार दिउँसो १ बजे प्रदेश खेलकुद परिषदको भवन, पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्नेछन् ।

२०८० असार २ र ३ गते पोखरा रंगशालाको कभर्डहलमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजन, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा तेस्रो (आइटिएफ) तेक्वान्दो गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०८० र प्रथम कास्की जिल्लास्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता २०८० हुनुका साथै गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार आयोजना हुनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका कास्की, तनहुँ, लम्जुङ, नवलपुर, बाग्लुङ, म्याग्दी र स्याङ्जाका करीब ३०० खेलाडीहरूले २८ स्वर्ण, २८ रजत तथा ३२ काश्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा एकल स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पारिङतर्फ पुरुष ४५ देखि ८५ केजीसम्म, महिलातर्फ ४० देखि ७० केजीसम्म र एकल प्याट्र्नतर्फ हरियो बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्मले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितालाई सम्पन्न गर्नका लागि करीब ३० जना अम्पायर छनौट गरिएको संयोजक थापाले बताएका छन् ।

छनौटमा परेका अम्पायरहरूलाई असार १ गते अम्पाएर सेमिनार दिइएको छ । २ दिनसम्म आयोजना हुन लागिरहेको प्रतियोगितामा करिव १२ लाख ५० हजार रुपियाँको लागत खर्च अनुमान गरिएको छ ।

प्रदेश खेलकुद् परिषद् गण्डकीको मुख्य सहयोग रहेको छ । विभिन्न संघ संस्थाहरू, विभिन्न व्याक्तित्वहरूबाट सहयोग प्रदान भएको थापाले बताएका छन् ।

उद्घाटन समारोहमा विभिन्न तेक्वान्दो सम्बन्धि खेल प्रदर्शनी हुनेछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा मेडल प्राप्त खेलाडीहरूलाई सम्मान गरिनेछ ।

रेफ्री तथा अफिसियल संयोजक आकाशचन्द्र घर्ती मगर, आर्थिक संयोजक प्रतीक घर्ती मगर, हल तथा स्टेज व्यावस्थापन संयोजक सुरज सुनार, खेलाडी तथा होटेल व्यवस्थापन विशाल बुढा मगर, स्टेज व्यवस्थापन संयोजक बिक्की सुनार, प्रेस तथा मिडिया संयोजक कविता घर्ती मगर, अतिथि व्यवस्थापन संयोजक हेबिन्द्र खड्का तथा खेलकुद प्रदर्शन संयोजकमा फारम महतलाई जिम्मेवारी प्रदान गरिएको संयोजक थापाले जनाएका छन् ।

Published : Friday, 2023 June 16, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया