प्रधानमन्त्री दाहालका पूर्वसल्लाहकारलाई उपचार गर्न सात लाख
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का वैदेशिक मामिलाका पूर्व सल्लाहकार हीराबहादुर थापालाई उपचारका लागि सरकारले सात लाख रुपियाँ दिने निर्णय गरेको छ ।
नेपाल सरकारका पूर्व कामु परराष्ट्र सचिव थापालाई क्यान्सर उपचारका लागि सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । दाहाल पहिलो पटक प्रधानमन्त्री भएका बेला थापा सल्लाहकार थिए ।
भारत नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा थापाको उपचार भइरहेको छ । थापालाई फोक्सोमा क्यान्सर देखिएको छ ।
थापालाई नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी दोस्रो संशोधन कार्यविधि २०७३ मा रहेको व्यवस्था अनुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको चैत १६ गतेको निर्णय अनुसार थापालाई सात लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया