दीपक गिरीले जलपानवाला कुरा भनेपछि अर्थ र स्वास्थ्यमन्त्री, रामहरि, रवि, गोकुलहरू खित्का छाडेर हाँसे
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफूलाई झोले सांसदको संज्ञा दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी हुँदै गिरीले आफ्नो निर्वाचन क्षेत्रबाट मतदाताले राति फोन गरेर दु:ख पीडा सुनाउने गरेको बताए । उनले सांसदहरूलाई बालेनले वडाध्यक्षको हैसियतमा पुर्याइदिएको भनेर आफूलाई झोले सांसदको संज्ञा दिएका हुन् ।
‘आफूलाई झोले सांसद भन्न चाहन्छु । एउटी बुढी आमाको राति १२ बजे फोन आउँछ । बाबु मेरो खसी मर्यो’, गिरीले भने, ‘ कहीँबाट केही पाइन्छ कि, दुईवटा पालेको एउटा मर्यो । राति नै अर्को फोन आउँछ । मेरो बुहारी छोरालाई किताब किन्न गएको आएकी छैन, खोजबिन गर्नुपर्यो । जनतालाई सांसदले ऐन बनाउने हो भन्ने थाहा छैन ।’
उनले भने, ‘पहिरो गयो माननीयज्यू, आगलागी भयो माननीयज्यू । मेयर बालेनले झोलेलाई वडास्तरमा पुर्याउनुभयो । धन्यवाद ।’
बजेट परम्परागत शैलीमा चलेका कारण समस्या आएको उनले बताएका छन् । उनले बजेट सबै नराम्रो नरहेको बताएका छन् । उनले जे कुरा गर्दा पनि सस्तो लोकप्रियता पाउन कार्यहरू भइरहेको बताएका छन् ।
‘प्रतिपक्षीले विरोध गर्नैपर्ने, सत्तापक्षले समर्थन गर्नैपर्ने । बजेटको इतिहास हेर्दा माननीय विष्णु पौडलको पालामा रुपन्देहीमा बढी जानुपर्ने’, उनले भने, ‘कपिलवस्तुको एमालेकै सांसद भए पनि दु:ख पोख्नु पर्ने । जनार्दन शर्माले भाषण गर्दा त्यता ढल्कने । हालको गठबन्धनको ठूलै नेताले यस्तो भयो भनेको सुनिएको के हो ?’
बजेट भाषण दिउँसो ४ बजेको सट्टा आगामी वर्षदेखि बिहान १० बजे ल्याउन सांसद गिरीले सुझाव दिएका छन् ।
‘जतिबेला भारतमा ब्रिटिश सरकार थियो । भारतको बजेट बेलुका ४ बजे सम्बोधन हुनेरहेछ । इंग्ल्यान्डमा भने बिहान १० बझ्दो रहेछ । ब्रिटिशलाई सुनाउन रहेछ’, कांग्रेसका सांसद गिरीले भने, ‘यहाँ यो सुधार्नु पर्यो । अब आउँदो बजेट ४ बजे होइन, बिहान १० बजे आउनुपर्यो ।’
गिरीले भने, ‘म त सलाम गर्छु बालेनजीलाई उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो । कम गाह्रो छ ? कम कठीन छ ? राति फोन आउँछ १२ बजे । अन्यथा नमान्नु होला । जलपान खाएको फोन आउँछ । अब त चिन्न छोड्नु भयो होला ! चिन्नु होला ! नेपालीस्तर यस्तो छ । आफू पनि जलपान गरेको बेला पर्यो भने कहिले त झगडा पर्न सक्छ । हा….। अवस्था यस्तो छ नेपालको ।’
सांसद गिरीले जलपानको कुरा गरेपछि सांसदहरू मुखामुख गरेर हाँसेका थिए । अर्थमन्त्री डा.प्रकाशशरण महत, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमिसुधार तथा व्यवस्थामन्त्री रञ्जीता श्रेष्ठ, कांग्रेसका सांसद रामहरि खतिवडा, एमालेका सांसदहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई, गोकुल बास्कोटा, रास्वपाका सांसद रवि लामिछानेलगायतका सांसदहरू हाँसेका थिए ।
‘अनि आज आएर आफूलाई २५औँ फोन आएको छ । आफूले हेरेको पनि छैन’, उनले भने, ‘त्यो रातो किताव हो कि के किताव हो ? पहिला पहिला त आउँथ्यो । अहिले त्यो पनि आएको छैन । कति के भयो त्यो पनि थाहा छैन ।’
‘हैन सांसदज्यू खत्तम छ कि क्यो हो देश ? विकास छैन कि क्याहो ? कता जवाफ दिने कता के गर्ने ?’, उनले भने, ‘सांसदज्यूहरूको बह हो यो । मुलुक बनाऔँ । चुनावमा त हाम्रो प्रतिस्पर्धा छदैछ । यतिबेला के सत्ता पक्ष, के प्रतिपक्ष, के न्युट्रल सबैले गम्भीरतापूर्वक सोँच्नुपर्ने अवस्था छ ।’
‘जे कुरा गर्दा पनि सस्तो लोकप्रियतामा नजाऔँ । इमान्दार हौ न ! इमान्दार’, उनले भने, ‘अब कस्तोसम्म हुन्छ । रातो पासपोर्ट निम्तो आएपछि मात्रै पाउने । म इण्डिया गएको थिएँ । मेरो साथी इण्डियन पार्लियामेन्ट्री थियो, योभन्दा अगाडिको कुरा गर्छु म ।’
उनले भने, ‘म ग्रिन पासपोर्टमा हिँड्या थेँ । यु आर क्यारिङ नर्मल पासपोर्ट भन्यो । हाम्रो त यस्तै छ चलन । आफू इमान्दार हुनुपर्यो । के ५ करोड, के १० करोड, के २५ करोड, जे दिए पनि बाँड्नुस् न । त्यही पासपोर्ट गएको छ सहि ढंगले अरु केही गएको छ ?’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया