सोलुखुम्बुका शेरबहादुर नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं । ठगीको अभियोगमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट ४६ वर्षीय शेरबहादुर तामाङलाई पक्राउ गरेको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

१ जना पीडितबाट पटक पटक गरी उनले ५ लाख रुपियाँ लिएर सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

तमाङविरुद्ध वैदेशिक रोजगार विभागमा पीडितले उजुरी दिएका थिए । त्यसपछि विभागले तामाङलाई पक्राउ गर्न आदेश दिएको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 June 7, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया