नेपाली लाखौ रुपियाँ कहाँ हराउँछ ? चिनियाँ नागरिकको यस्तो छ कर्तुत्
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चिनियाँ नागरिकलाई लाखौ रुपियाँसहित पक्राउ गरेको छ ।
आइतबार राति साढे ९ बजे बाटिक एयरबाट काठमाडौं हुँदै क्वालालाम्पुर प्रस्थान गर्न लागेका बेला ५८ वर्षीय चिनियाँ नागरिक फेंग चागवेन (पुरुष)लाई अबैध रकमसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ नागरिकसँग ९ लाख ८ हजार नेपाली रुपियाँ, ४० लाख ५० हजार भियतनामको मुद्रा, पाँच हजार कम्बोडियाको मुद्रा, लावाटिन किप दुई लाख पचास हजार, सिंगापुर डलर दुई सय बयालिस, मलेसियन रिंगेट ३ सय ५१ थाई भाट एक लाख तेह्र हजार ९ सय पचास, चाइनिज युआन २१ रुपियाँ, अमेरिकन डलर दुई हजार बरामद भएको छ ।
प्रहरीले चिनियाँ नागरिकसँग सिटिजन बैंकमा ५० लाख, ३७ लाख, १५ लाख रुपियाँ कारोबार भएको रसिद तथा प्रमाणहरू पनि बरामद गरेको छ ।
पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया