कांग्रेस केन्द्रीय कार्यालयका सचिव रिजालले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरका सचिव केशव रिजालले पदबाट राजीनामा दिएका छन् ।
रिजालले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर वैशाख १५ गते राजीनामा दिएको उल्लेख गरेका छन् । रिजालको राजीनामा स्वीकृत भएको छ वा छैन केही भनिएको छैन ।
रिजालले २०५९ असार १५ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा काम शुरु गरेका थिए । उनलाई कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले पार्टी कार्यालयमा जागिर लगाइदिएका थिए ।
Published : Monday, 2023 June 5, 4:00 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया