भैरहवाबाट भारतीय चोर पक्राउ
काठमाडौं । भारतबाट नेपाल छिरेर रुपन्दही जिल्लाको भैरहवामा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको अभियोगमा प्रहरीले भारतको जिल्ला महाराजगंज थाना फरेन्दा घरभई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. १ बेलहिया बस्ने वर्ष ३४ को सुधिरकुमार यादव र ४६ वर्षीय अर्का एक जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेठ १० गते सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित मोहम्मद कुद्धुस मुसलमानको घरमा ताला फोडी सुन, चाँदीका बिभिन्न गरगहना तथा नगद रकम चोरी भएको थियो ।
चोरी भएको सूचना प्राप्त भई अनुसन्धान गर्दै जाँदा जेठ १९ गते साढे पाँच बजे साँझ बरामदी दसीसहित भारतीय नागरिक सुधिरकुमार यादवसहित दुई जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका दुबै जनालाई रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट सुनको जस्तो देखिने पहेलो धातुको हार तौल गर्दा ३१.६७ ग्रामको थान १ बरामद गरेको छ ।
सुनको जस्तो देखिने पहेलो धातुको मागरिका तौल गर्दा ९.४८ ग्रामको थान १ पनि बरामद गरेको छ । सुनको जस्तो देखिने पहेलो धातुको कटौरी बाली तौल गर्दा ३.८९ ग्रामको थान २ पनि बरामद भएको छ ।
सुनको जस्तो देखिने पहेलो धातुको ढंके फुलि तौल गर्दा ०.१९ ग्रामको थान २, सुनको जस्तो देखिने पहेलो धातुको जलिदार फुलि तौल गर्दा १.७२ ग्रामको थान ५ पनि बरामद भएको छ ।
सुनको जस्तो देखिने पहेलो धातुको (ॐ) लेखेको लकेट तौल गर्दा ०.५६ ग्रामको थान १, चाँदी जस्तो देखिने सेतो धातुको पायल तौल गर्दा १४३ ग्राम थान २ र चाँदी जस्तो देखिने सेतो धातुको खुट्टामा लगाउने पायल तौल गर्दा १०० ग्राम थान २ पनि बरामद भएको छ ।


बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया