दक्षिणकालीबाट जुवातास खेलिरहेका चार जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको दक्षिणकालीबाट चार जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ३ सय ४५ रुपियाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Sunday, 2023 June 4, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया