सहकारीहरू संकटमा परेका बेला चोरी

काठमाडौं । सहकारीहरू संकटमा परेर समस्या झेलिरहेका बेला झापामा सहकारीमा चोरी भएको छ ।

दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपियाँ बिहीबार राति चोरी भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सहकारी संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको थियो ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरेको छ ।

Published : Friday, 2023 June 2, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया