प्रहरी हेडक्वाटरमा सगरमाथाको सफल आरोहण गर्नेहरूलाई सम्मान
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नेहरूलाई सम्मान गरिएको छ ।
राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ ।
उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
आरोही नेपालीले उप–प्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरेका छन् । झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसीबीको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ ।
अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिनेछ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया