गोंगबुबाट भाग्दै गरेका तनहुँ र सिन्धुपाल्चोकका दुई युवाहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जनालाई पाकेटमारी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोकको बलिफी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।

काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपियाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Published : Friday, 2023 June 2, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया