रास्वपाकी सांसद सोवितासँग गृहेन्द्रको धुमधामले बिहे
काठमाडौं । प्रतिनिधि सभाकी सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि नेतृ सोबिता गौतमले विवाह गरेकी छिन् ।
काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित सांसद गौतमले गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । घिमिरे व्यवसायी हुन् ।
गौतम र घिमिरेले जेठ ७ गते विवाह गरेका हुन् । विवाहमा परिवारका सदस्यहरूको मात्रै उपस्थिति रहेको थियो ।
निर्वाचनपछि गौतमले एक टेलिभिजन कार्यक्रममा आफ्नो ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन् । उनीहरू लामो समयदेखि प्रेममा थिए ।
घिमिरे ‘गृहेन्द्र ग्रिस्मा ब्रोडकास्टिङ’का अध्यक्ष हुन् । ब्रोडकास्टिङले अवार्ड तथा कन्सर्टका कार्यक्रमहरू गर्दै आएको छ ।
Published : Friday, 2023 June 2, 9:32 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया