गृहमन्त्री श्रेष्ठ र अध्यक्ष अन्सारीद्वारा हजयात्रीहरूलाई विमानस्थलमा विदाइ

काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हजयात्रीहरू विदाइ गरेका छन् ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष अन्सारीले हजयात्रीको पहिलो टोलीलाई विदाइ गरेका हुन् ।

काठमाडौंबाट नेपाली हजयात्रीको पहिलो समूह साउदी अरबको मक्का मदिना प्रस्थान गरेको छ ।

पहिलो चरणमा २६८ जना नेपाली हजयात्री मक्का मदिना प्रस्थान गरेको आयोगका अध्यक्ष अन्सारीले बताएका छन् ।

जेठ २४ गतेसम्म विभिन्न समूहबाट यस वर्ष झण्डै एक हजार १८० जना नेपाली हजयात्री साउदी अरेबिया पुग्नेछन् ।

हजयात्रीहरूको विदाइमा अध्यक्ष अन्सारीसँगै उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोगका सदस्यहरू, नेपालका लागि साउदी अरबका राजदूतलगायतको विमानमा उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 June 2, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया