रुपन्देहीबाट २२ लाखको इलेक्ट्रिक सिगरेट बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीमा २२ लाख बराबरको इलेक्ट्रिक सिगरेटसहितका सामाग्री बरामद गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपियाँको चोरीपैठारीको सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बरामद भएका सामग्रीहरूमा इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा रहेका छन् ।

बुधबार बिहान साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको ती सामानहरू प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरू गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सामानहरू छाडेर भागेका थिए ।

बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

Published : Wednesday, 2023 May 24, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया