ओखलढुंगाका पौडेलको कालीमाटीको घरमा प्रहरी छापा, पैसासहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेल्न समूहका पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गाको लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपियाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Published : Wednesday, 2023 May 24, 12:08 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया