पाँच जना मोटरसाइकल चोरहरू पक्राउ

काठमाडौं । प्रहरीले मोरङबाट मोटरसाइकल चोरीको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका–५ बस्ने २० वर्षीय दीपेशकुमार सरदार, सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेनकुमार राय र बिराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय रोहित चौधरी रहेको प्रहरीले जनाएको छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 May 15, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया