खाणले कागज चपाएको समाचारमा एसएसपी केसी असन्तुष्ट

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले रिपब्लिका दैनिकमा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाएको छ ।

अपराध कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आइतबार विज्ञप्ति जारी गरेर रिपब्लिका दैनिकमा प्रकाशित ‘बालकृष्ण खाणले कागज चपाएर निकालेको कथाको के हो बास्तविकता’शीर्षकको समाचारको खण्डन गरेका हुन् ।

अपराध कार्यालयले रिपब्लिका दैनिकको समाचारको खण्डन गरे पनि खाणले कागजको चपाएको समाचार प्रकाशित भएका विषयमा केही बोलेको छैन । अपराध कार्यालयको विज्ञप्ति दोहोरो अर्थ लाग्ने खालको रहेको छ ।

(यस्तो थियो समाचार )

बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो बास्तविकता ?

अन्य विभिन्न सञ्चारमाध्यमका समाचारहरूको बारेमा पनि अपराध कार्यालयका प्रहरी प्रमुख (एसएसपी) मनोज केसीले केही बोलेका छैनन् । एसएसपी केसीले अन्य सञ्चारमाध्यममा आएका कतिपय कुराहरूको पनि खण्डन गर्नुपर्छ ।

एसएसपी केसीले आफू अनुकूलका समाचारप्रति मौन बसेर स्वागत गरेको संकेत गर्ने र आफ्नो आलोचना गरिएका समाचारको खण्डन गर्ने कार्यको प्रहरीभित्र चर्चा भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र दोषी ठानिएका मानिसहरू पक्राउ गर्ने जिम्मेवारी अपराध कार्यालयले पाएको छ ।

अपराध कार्यालयसँग गोप्य र महत्वपूर्ण दस्तावेजहरू छन् । ती दस्तावेजहरू किन र कसरी एउटा राष्ट्रिय दैनिकमा चेकसहित प्रकाशित भयो त्यसको जवाफ कसले दिन्छ ?

रिपब्लिका दैनिकले नेपाल प्रहरीको राम्रो कामको सधैँ प्रशंसा र सहयोग गर्दै आएको छ । प्रकाशित भएका सबै समाचारले प्रहरीको सहयोगीका रुपमा रिपब्लिका दैनिकले प्रस्तुत गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अपराध कार्यालयका प्रमुख (एसएसपी) केसीबाट भएका कतिपय कार्यहरू भेदभावपूर्ण रहेका भनेर आलोचना भइरहेका छन् ।

Published : Sunday, 2023 May 14, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया