मकैबारीभित्र किशोरीलाई पैसा दिन्छु भनेर के–के भयो ?
काठमाडौं । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्रवेश बस्नेतलाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बेलबारी नगरपालिका–७ स्थित मकैबारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ ।
पीडित किशोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलत्कारको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 May 9, 8:02 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया