श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या, दुर्घटनाबाट बच्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ ।
प्राधिकरणले दर्ता नम्बर ‘९एन–एएनई’ रहेको जहाजलाई उडानमा रोक लगाएको हो । सोमबार बिहान भैरहवा विमानस्थलमा श्री एयरलाइन्सको दुर्घटनाबाट जोगिएको थियो ।
प्राधिकरणले सूचना जारी गर्दै श्री एयरलाइन्सको जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ ।
जहाज सोमबार बिहान ९ बजेर ४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै अगाडिको पांग्रा (ल्यान्डिङ गियर) मा समस्या उत्पन्न भएको थियो ।
श्री एयरलाइन्सको यो जहाजमा वैशाख २३ गते शनिबार पनि धनगढी विमानस्थलमा अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो ।
यो जहाज उडानमा संलग्न इञ्जिनियरहरूलाई पनि अर्को सूचना नआउञ्जेल निलम्बन गरिएको छ ।
Published : Monday, 2023 May 8, 8:29 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया