प्रहरीका बीस जना एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानी प्रदान गरिएको छ ।

सोमबार प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एसएसपीहरूलाई दर्ज्यानी प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीपशम्शेर जबरा, बेलबहादुर पाण्डे रहेका छन् ।

दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रहरीको प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

पदोन्नति भएकी प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकी छिन् । सोही कारण पन्त अनुपस्थित भएकी छिन् ।

नेपाल सरकार उप–प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयबाट उनीहरू एसपीबाट एसएसपीमा बढुवा भएका हुन् ।

Published : Monday, 2023 May 8, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया