श्री एयरलाइन्सको जहाजमा समस्या, रनवेमै रोकियो
काठमाडौं । श्री एयरलाइन्सको जहाज रनवेम रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको छ ।
विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाईजहाज काठमाडौंमन फर्किएको छ । श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइएको छ ।
सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको उडान नम्बर एसएचए ८२२ नम्बरको श्री एयरलाइन्सको जहाजमा समस्या आएको थियो ।
जहाजमा समस्या भएपछि २० मिनेटमै भैरहवामा फर्किएर ल्याण्ड गराइएको थियो । जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि भैरहवामै फर्किएको स्रोतले जनाएको छ ।
Published : Monday, 2023 May 8, 12:38 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया