करोडौं करोडौंका सामान थन्किएर बसेका छन्, सबै जानकारी चाहियो : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीहरूको बुद्धि, विवेक, सल्लाह र सुझावअनुसार आफूले काम गर्ने बताएका छन् ।
आइतबार मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै बस्नेतले भने, ‘मैले लगाएको काम पनि नियम, कानून विपरित हुने गरि, अथवा तपाईहरूलाई रिक्स हुने गरि, तपाईहरूलाई अफ्ठ्यारो पर्ने गरि, तपाईहरूको मानमर्दन हुने गरि मैले अह्राएको काम परेपछि मलाई कन्भिन्स गरिदिनु होला ।’
‘केही सामान खरिद गरिएको छ, करोडौं करोडौंको सामान थन्किएर बसेका छन् । कतिपय ठाउँमा त्यही सामान नभएर अड्किएको छ’, उनले भने, ‘कतिपय ठाउँमा स्टोरहरूमा राख्ने ठाउँ छैन । त्यो मलाई सबै जानकारी चाहियो ।’
मन्त्री बस्नेतले आफूलाई भेट्न आउनेहरूलाई चार बजेपछि मन्त्रालयमा भेट गर्ने बताए । उनले सबैको कुरा सुन्ने र काम गरेर जाने बताएका छन् ।
मन्त्री बस्नेत आइतबार राति साढे ९ बजेसम्म मन्त्रालयमा बसेर काम गरेका थिए । नयाँ बजेटको तयारी र काम गर्नुपर्ने धेरै कुरा भएका कारण उनले मन्त्रालयमा बसेर काम गर्न थालेका हुन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया